images
images

१८ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 821
    SHARES
  • २०८० आश्विन ७ गते आइतबार

    १८ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड २५ लाखको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।

    त्यस्तै, १८२ दिनको लागि ६० अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल २८ दिनको कात्तिक ७ गते परिपक्क हुनेछ भने ९१ दिनको पुस १० गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको चैत १३ गते परिपक्क हुनेछ ।

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।  

     


    images
    images

    Logo