काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।