images
images

सहजपुर–बोगटान सडक अन्तिम चरणमा


  • 1.2K
    SHARES
  • २०८० आश्विन ७ गते आइतबार

    सहजपुर–बोगटान सडक अन्तिम चरणमा

    गोदावरी । सहजपुर–बोगटान सडक कालोपत्र गर्न सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण पूरा हुनसकेको छैन । निर्माणाधीन सहजपुर–बोगटान सडकको भौतक प्रगति ९२ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । क्षेत्राधिकारको विवाद र चट्टानका कारण सडक निर्माण लम्बिएको आयोजना ठेकेदार कम्पनीका इन्जिनियर अशोक मल्लले बताए। उहाँले सडक निर्माणका लागि विभिन्न बाधा व्यवधानका कारण लम्बिँदै गएको जानकारी दिए ।

    २०७५ साल फागुनमा कैलालीको सहजपुरबाट डोटीको बढीकेदारसम्म ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । तर सम्झौताको पाँच वर्षसम्म पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन ।

    एक वर्षभित्र सडक निर्माणको सबै काम पूरा गर्ने निर्माण कम्पनीको दाबी छ । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० दशलमव २७ किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो ।

    सम्झौतानुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँ–बायाँ एक–एक मिटर सोल्जर ९ग्रावेल० सडक निर्माण गरिसक्नुपर्ने हो । तर निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाइएको छ ।

    एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो सडक आयोजनाको सम्झौता रकम १ करोड ९६ लाख ९३ हजार ३ सय १२ अमेरिकी डलर रहेको जनाइएको छ । 

    २०४३ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको विपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ । 


    images
    images

    Logo