images
images

क्यानको सचिवमा पारस खड्का निर्वाचित 


  • 652
    SHARES
  • २०८० आश्विन ६ गते शनिबार

    क्यानको सचिवमा पारस खड्का निर्वाचित 

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।

    आज भएको चुनावमा कुल ८४ मतदातामध्ये ८४ मत नै खसेको थियो । विजयी हुन  ४३ मत आवश्यक थियो । मत गणना नसकिँदै खड्काले  ४३ मत ल्याएका हुन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द बिहानै निर्विरोध निर्वाचित भएका छन् ।

    चन्दको विरुद्धमा कुनैपनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।

    यस्तै उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् । क्यान नयाँ कार्यसमिति १७ सदस्यीय बन्नेछ । 


    images
    images

    Logo