images
images

क्यान पदाधिकारी चयनका लागि मतदान सुरु, पारसले जित्लान् कि हार्लान् ?


  • 1.7K
    SHARES
  • २०८० आश्विन ६ गते शनिबार

    क्यान पदाधिकारी चयनका लागि मतदान सुरु, पारसले जित्लान् कि हार्लान् ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । जिल्ला, प्रदेश तथा केन्द्रबाट आएका ८६ सदस्यहरूले निर्वाचनमा मतदान गर्नेछन् ।

    क्यानको अध्यक्षमा चतुरबहादुर चन्द तथा कोषाध्यक्षमा पदम खड्का र उपाध्यक्षमा रोशन सिंह सर्वसम्मत चयन भइसकेका छन् । बर्दियाका विनय राजभण्डारीले नाम फिर्ता लिएपछि चन्द निर्विरोध अध्यक्ष भएका हुन् ।

    सचिव पदमा पूर्वकप्तान पारस खड्का र पूर्वसदस्य प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुँदैछ ।


    images
    images

    Logo