images
images

भक्तपुरमा १७ दिने पितृ महायज्ञ हुने, अनाथालय र आध्यात्मिक केन्द्र बनाउन ५ करोड संकलनको लक्ष्य


  • 600
    SHARES
  • २०८० आश्विन ६ गते शनिबार

    भक्तपुरमा १७ दिने पितृ महायज्ञ हुने, अनाथालय र आध्यात्मिक केन्द्र बनाउन ५ करोड संकलनको लक्ष्य

    भक्तपुर भक्तपुरको ताथलीमा १७ दिने श्रीमद् भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने भएको चाँगुनारायण नगरपालिका- ताथलीमा सञ्चालित जेष्ठ नागरिकका लागि आश्रय स्थलछोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ महायज्ञ हुनलागेको हो असोज ११ गतेदेखि सञ्चालन हुने महायज्ञ २७ गतेसम्म चल्नेछ

    शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं चर्चित श्रीमद भागवत वाचक बालयोगेश्वरविजयमूर्ति महाराजले  महायज्ञ ऐतिहासिक हुने यसले भक्तपुरलाई चिनाउने  बताए विजयमूर्तिका अनुसार, महायज्ञमा श्रीमदभागवतका कहिं नसुनिएका कथा भक्तजनले यहाँ श्रवण गर्न पाउनेछन् प्रत्येक दिनलाई सत्रमा विभाजित गरी धार्मिक अनुष्ठानगरिने बताउँदै  विजयमूर्तिले  महायज्ञको पहिलो दिन आश्विन ११ गते १००८ शान्ति कलश यात्राकाे आयोजना गरिने बताए महायज्ञका अवसरमा सय भन्दा बढी बाल कन्याको पुजन, सयौ जनाको सामूहिक तुलादान, १०८ गौमाताको दुध जम्मा गरीपञ्चामृत तयार गरी वितरण गरिने साेहि अवसरमा एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्ने लगाएका कार्यक्रमरहेको अध्यक्ष  विजयमूर्तिको भनाइ

    प्रत्येक दिन राष्ट्रिय स्तरका नेता कलाकारको उपस्थिति रहने  जनाइएको महायज्ञमा रात्रिको समयमा रामलीला, कृष्णलीला, भरत नाट्यम, नृत्य, धर्म संस्कृति पहिचान झल्कने साँस्कृतिक झाँकी, देश विदेशका ख्यातिप्राप्त सन्त, महात्मा, धर्मगुरुको प्रवचनआयोजकले जनाएको

    महायज्ञमा पाँच लाख भक्तजनको उपस्थिति रहने पाँच करोड रूपैयाँ संकलन हुने अनुमान गरिएको महायज्ञमा सर्वसाधारणकोसहज आवागमनका लागि भक्तपुरको च्याम्हसिंहबाट काभ्रेको नालाबाट निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाइएको अध्यक्ष  विजयमूर्तिका अनुसार महायज्ञमा दैनिक पाँच हजार भक्तजनलाई नि:शुल्क भोजन (प्रसाद) वितरण गरिनेछ

    महायज्ञ सफल बनाउन १०८ सदस्यीय मूल आयोजक समिति स्थानीय समाजसेवी केशरबहादुर खड्काको संयोकत्वमा १००८सदस्यीय मूल आयोजक समारोह समिति गठन गरी विभिन्न ६० वटा उपसमिति  गठन गरिएको अध्यक्ष विजयमूर्तिले जानकारी दिए

    महायज्ञ सफलतापुर्वक सम्पन्न गर्न सुभाष ढुंगाना निर्देशक    सुशील ढुंगानालाई सचिव चयन गरिएको महायज्ञ बाट संकलनहुने दान भेटीबाटछोरीको घर ज्येष्ठ नागरिक आश्रमको आवश्यक भवन पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष विजयमूर्तिलेजानकारी दिए

    गत  असार १८गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर सञ्चालनमा आएको छोरीको घर आश्रम ५० आना क्षेत्रफलमाफैलिएको हाल ३० जनालाई आश्रय दिने क्षमता रहेको आश्रमलाई बढाएर सयजना पुर्याउने लक्ष्यसहित महायज्ञ लगाउनलागिएको हो

    आश्रमलाई अनाथको आश्रयस्थलका रुपमा मात्र सीमित नगरी बृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यानकेन्द्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, सन्त निवास, ज्येष्ठ नागरिक सेवा केन्द्रको रुपमा वितार गर्ने लक्ष्य अध्यक्षविजयमूर्तिले बताए


    images
    images

    Logo