काठमाडौं । शनिबार डलरको भाउमा सामान्य उतारचढाव आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको खरिद मूल्य शुक्रबार भन्दा २५ पैसाले घटेको हो ।
नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद मूल्य १३२.४० रुपैयाँ तथा बिक्रीमूल्य १३३ रुपैयाँ रहेको छ । शुक्रबार उक्त मूल्य क्रमशस् १३२.६५ र १३३.२५ रुपैयाँ रहेको थियो ।
युरोपियन युरो १ को खरिददर १ सय ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ७ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ८१ पैसा रहेको छ।