images
images

‘नेप्स’को अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त 


  • 555
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    ‘नेप्स’को अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त 

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लि) को अध्यक्ष पदमा नियुक्त भएका छन् । 

    न्यौपाने अध्यक्षमा नियुक्त हुनु अघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । नवनियुक्त अध्यक्ष विश्वम्भर न्यौपानेज्यूले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

    विगत १९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन् । साथै उनीसँग बैंकिङ्ग क्षेत्रको २५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।


    images
    images

    Logo