काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ५ सय ४ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई विहीबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८३ जना, लेन अनुशासन २ सय १८ जना र रेड लाइट ५७ जना, हर्न ३५ जना, नम्बर प्लेट राम्रोसँग नराख्ने २५ जना, हाइ स्पिीट लेजरगन ३ सय ५९ जना चालक रहेका छन् । यस्तै १ हजार ७ सय ३७ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।