images
images

त्रिभुवन विमानस्थल वरिपरी चङ्गा, ड्रोन र बेलुन उडाउन नपाइने, अटेर गरे कडा कारबाही


  • 722
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    त्रिभुवन विमानस्थल वरिपरी चङ्गा, ड्रोन र बेलुन उडाउन नपाइने, अटेर गरे कडा कारबाही

    काठमाडौं । त्रिभुवन विमानस्थल वरिपरी चङ्गा, ड्रोन र बेलुन उडाउन नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको विमानस्थल नागरिक उड्डयन कार्यालयले शुक्रबार सूचना जारी गर्दै विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन आग्रह गरेको हो । 

    सूचनामा उडान तथा अवतरणको समयमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने उल्लेख गर्दै त्यसतर्फ सचेत रहन अनुरोध गरेको हो । चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत सूचित गरिएको छ ।

    साथै प्राधिकरणले अटेर गरी यस्ता काम गरेमा कानुनअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।


    images
    images

    Logo