images
images

सडकमा निर्माण सामान राख्नेलाई महानगरपालिकाले तिरायो जरिवाना


  • 581
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    सडकमा निर्माण सामान राख्नेलाई महानगरपालिकाले तिरायो जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामान राख्नेलाई जरिवाना गरेको छ । काठमाडौं महानगरले तिलगंगा निवासी सुदर्शन कँडेललाई २५ हजार र विलिल कन्टेकलाई ५० हजार रुपैयाँ गरी कूल ७५ हजार रुपैयाँसम्म जरिवाना तिराएको हो ।

    विलिल कन्टेकले वडा नं. ११ थापाथली स्थिति राष्ट्र बैंक साडमा माटो झारेबापत ५० हजार रुपैयाँ जरिवाना गरेको छ भने वडा नं. ९ तिलगंगास्थित सडक पेटीमा निर्माण सामाग्री राखेको भन्दै कँडेललाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो । 

    नगर प्रहरीहरुले जथाभावी फोहोर फाल्ने, सडक अवरुद्ध गरेर निर्माण सामाग्री राख्ने, खुल्ला स्थानमा आगो बाल्ने, पर्चा, पोस्टर टाँसेर फोहोर गर्नेलाई ठाउँको ठाउँ जरिवाना गर्ने गरेको छ । 

     

     

     


    images
    images

    Logo