images
images

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 917
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सुनको मुल्य विहीबार पनि ३ सय रुपैयाँले घटेको थियो ।

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     

     


    images
    images

    Logo