images
images

राजश्व सचिवलाई लिएर इजिप्ट हिँडे अर्थमन्त्री महत 


  • 309
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    राजश्व सचिवलाई लिएर इजिप्ट हिँडे अर्थमन्त्री महत 

    काठमाडौं । अर्थमन्त्री डा‍ प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन् । उनले एआईआईबीको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनेछन् । 

    महतका साथमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी छन् । बैठकमा दिगो सीमापार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने, उदीयमान बजारहरूमा दिगो पूर्वाधारको लागि निजी इक्विटी जुटाउने विषयमा छलफल हुनेछ ।

    त्यस्तै, हरित र प्रविधि, सक्षम पूर्वाधारमा स्टार्टअपहरूको लागि भेन्चर क्यापिटल सोकेसको विकास गर्ने, जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्ने लगायतका विषयहरूमा छलफल हुने बताइएको छ ।


    images
    images

    Logo