images
images

बाल सुधार गृहमा झडप : एक जनाको मृत्यु, १० गम्भीर घाइते


  • 549
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    बाल सुधार गृहमा झडप : एक जनाको मृत्यु, १० गम्भीर घाइते

    बाँके । बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। 

    आज राति भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिइन् ।

    दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। 

    गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ। बाल सुधार गृहभित्र राति झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो। भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन भएको छैन।

    पछिल्लो पटक लागुऔषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधारगृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो।  यसअघि माघ अन्तिम सातापनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको थियो। 

    बालिग भए पनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ।


    images
    images

    Logo