images
images

भदौमा ५० हजारले लिए श्रम स्वीकृति, सवैभन्दा धेरै यूएईका लागि


  • 378
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    भदौमा ५० हजारले लिए श्रम स्वीकृति, सवैभन्दा धेरै यूएईका लागि

    काठमाडौं । भदौ महिनामा बैदेशिक रोजगारीमा जानका लागि ५० हजार बढीले श्रम स्वीकृति लिएका छन् । बैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनमा नयाँ श्रम स्वीकृति, पुनः स्वीकृति र व्यक्तिगत गरी कुल ५० हजार ८ सय ८५ जनाले श्रम स्वीकृति लिएका छन् । 

    विभागको तथ्यांक अनुसार यस वर्ष भदौमा श्रम स्वीकृति लिने युवाको संख्यामा ३३.४० प्रतिशतले गिरावट आएको छ । २०७९ भदौमा ७६ हजार ३ सय २ जनाले श्रम स्वीकृति लिएका थिए । भदौमा मात्र गत आर्थिक बर्षको तुलनामा २५ हजार ४ सय १७ कम श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा उल्लेख छ ।

    भदौमा संस्थागत रुपमा २७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये ३ हजार ७ सय ५ जना महिला छन् । व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ७ हजार ३ सय ५ रहेकोमा १ हजार ६ सय ५१ जना महिला छन् । जीटुजीबाट यस महिनामा ८ सय २७ जना विदेश गएकोमा ७२ जना महिला छन् । भदौमा कुल ३५ हजार ३ सय ३ नयाँ श्रम स्वीकृति जारी हुँदा ५ हजार ४ सय २८ जना महिला रहेका छन् ।

    साउनमा सवैभन्दा बढी दुवई अथात यूएईका लागि ११ हजार ७ सय ९ जनाले श्रम स्वीकृति लिएका छन् भने  साउनमा ११ हजार ८ सय ७८ जनाले श्रम स्वीकृति लिएका थिए ।  त्यस्तै, दोस्रो स्थानमा कतार रहेको छ । कतारका लागि ९ हजार ७ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् । साउदी अरेबियमा ८ हजार ८ सय ३९ जनाले श्रम स्वीकृति लिएका छन् ।

    मलेसियाको लागि ८ हजार १ सय ६९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ भने कुवेतका लागि  ३ हजार ३ सय ६१ श्रम स्वीकृति लिएका छन् । दक्षिण कोरियाका लागि ८ सय ७२ जना पुगेको विभागको तथ्यांक छ ।

     


    images
    images

    Logo