images
images

१६ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ५ व्यापारीलाई नगद जरिवाना


  • 738
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    १६ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ५ व्यापारीलाई नगद जरिवाना

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले बुधबार १६ फर्ममाथि अनुगमन गरेको छ । बुधबार बजार अनुगमनको क्रममा विभागले माछा मासु पसल र तरकारी तथा फलफूल पसललाई कारबाही गरेको हो ।

    जसमा उनीहरुले खरिद बिजविजक नराख्नेलाई विभागले कारबाही गरेको हो । जसमा ५ वटा पसलेलाई नगद जरिवाना गरिएको छ ।

    विभागले पुरानो बानेश्वरमा रहेको २ वटा माछा मासु पसलेलाई १०÷१० हजार रुपैयाँ र एउटा माछा मासु पसलेलाई ५ हजार रुपैयाँ नगद जरिवाना गरेको छ । त्यस्तै, कुलेश्वरमा रहेको  तरकारी तथा फलफूल पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । 

    नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ । 

     

     

     


    images
    images

    Logo