images
images

१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक 


  • 753
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    १० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत १० रुपैयाँ संकलन गर्न लागेको हो । ‘विकास ऋणपत्र २०८५ ’ञ’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ५ वर्षको हुनेछ ।

    सो ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले असोज ५ गते ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गनुपर्ने छ । उक्त ऋणपत्रको निष्काशन असोज ७ गते हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।

    राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

     

     


    images
    images

    Logo