काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले गरेको आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रस्ताव गरिएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक शिक्षिका आन्दोलनमा उत्रिँदा ट्राफिक अस्तव्यस्त भएको हो ।
विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर काठमाडौं आएका उनीहरूको आन्दोलनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त भएको छ ।
बुधबार आन्दोलन गरेका शिक्षकहरुले आज बिहीबार दोस्रो दिन पनि माइतीघरबाट नयाँबानेश्वरसम्म आएर फेरि माइतीघर फर्किने र कोणसभा गर्न गइरहेका छन् । त्यसैका लागि बानेश्वर देखि माइतीघर सम्मको सडक बन्द गरिएको छ । जसका कारण वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता पर्दा अन्य बाटोमा समेत व्यवस्थापन अस्तव्यस्त बन्न गएको छ ।










