images
images

आजदेखि नौबिसे–मलेखु सडकखण्ड राति ४ घण्टा बन्द हुने


  • 734
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    आजदेखि नौबिसे–मलेखु सडकखण्ड राति ४ घण्टा बन्द हुने

    काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड आज (असोज ४ गते)देखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ ।सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।

    असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म ४ घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको हो । असोज २ गते बसेको सरोकारवालाहरूको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गरिने निर्णय गरेको थियो ।

    सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ । निर्माण कार्यस्थल नजिक हुने सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारीसाधन रोक्न आयोजनाले अनुरोध समेत गरेको छ ।

     

     


    images
    images

    Logo