images
images

शिक्षक महासंघ र सरकारबीच गृह मन्त्रालयमा वार्ता


  • 835
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    शिक्षक महासंघ र सरकारबीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ सरकारसँग वार्तामा बसेको छ । शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गर्दा अस्वीकार गरेको महासंघले आज गृह र शिक्षा मन्त्रालयसँग संयुक्त रुपमा वार्तामा बसेको हो । 

    वार्तामा सरकारका तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी छन् । 

    त्यस्तै, शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।

    महासंघको नेतृत्वमा बुधबारदेखि आन्दोलन सुरु भएको थियो । आन्दोलनकै कारण बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प हुने भएको छ । 


    images
    images

    Logo