काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनले काठमाडौंमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । प्रस्ताव गरिएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक शिक्षिका आन्दोलनमा उत्रिँदा ट्राफिक अस्तव्यस्त भएको हो ।
विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर काठमाडौं आएका उनीहरूको आन्दोलनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त भएको छ । माइतीघर–बानेश्वर सडक ढाकेर हजारौंको शिक्षक शिक्षिकाहरू विरोधमा उत्रिएका छन् ।
सामुदायिक विद्यालयहरूको छाता संगठन नेपाल शिक्षक महासंघको आव्हानमा भएको आन्दोलन माग पुरा नभएसम्म नरोकिने बताइएको छ ।