images
images

विद्यालय बन्द गरेर आन्दोलन गर्न जाने शिक्षकलाई महानगरले कारबाही गर्ने


  • 1.3K
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    विद्यालय बन्द गरेर आन्दोलन गर्न जाने शिक्षकलाई महानगरले कारबाही गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाण्डुमा आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर आन्दोलनमा गएको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने भएको हो ।

    महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । महानगरको निर्देशकसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्नेछन् । यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो ।


    images
    images

    Logo