काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।