images
images

प्रेस युनियनद्वारा परामर्श समिति गठन


  • 495
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    प्रेस युनियनद्वारा परामर्श समिति गठन

    काठमाडौं । नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) परिच्छेद ४ को दफा २४ बमोजिम ६१ सदस्यीय ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेका हुन् । 

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास र संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसाथ गर्दै युनियनको बृहत् हितका लागि समिति गठन गरेको अध्यक्ष लम्सालद्वारा हस्ताक्षर गरी प्रकाशित विज्ञप्तिमा उल्लेख छ । परामर्श समितिमा प्रेस युनियनका संस्थापक, पूर्व अध्यक्षहरु, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा केन्द्रदेखि जिल्ला तहमा क्रियाशिल वरिष्ठ पत्रकारहरु रहेका छन् ।

    समितिमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, किशोर नेपाल, नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष हरि अधिकारी, पूर्व अध्यक्ष रमेश तुफान, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, तेजप्रकाश पण्डित, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्य, प्रेस युनियनका पूर्व अध्यक्ष तारा बराल, कुलचन्द्र वाग्ले, प्रेस काउनिसलका पूर्व अध्यक्ष राजेन्द्र दाहाल रहेका छन् । 

    त्यसैगरी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रेस युनियनका पूर्व अध्यक्ष मुरारी शर्मा, समीरजंग शाह, किरण पोखरेल, युनियनका संस्थापक शोभाकर पराजुली, वरिष्ठ पत्रकार आचार्य, कविर राणा रहेका छन् । 

    त्यसैगरी, प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदर प्रसाद दवाडी, पूर्व उपाध्यक्ष गंगाधर पराजुली, रमेश पौडेल, पूर्व महासचिव रमेश पौडेल, तरुण पौडेल, विन्दुकान्त घिमिरे रहेका छन् । परामर्श समितिमा युनियनका अग्रज सुवास ढकाल, डा। नवराज लम्साल, गेजा शर्मा वाग्ले, उमिद बाग्चन, कृष्ण के.सी., कन्हैयालाल केसरी, हरि लम्साल, हर्ष सुब्बा, झपिन्द्र गैरे, सञ्जय सन्तोषी राई, नारायण कार्की, हरिविनोद अधिकारी, विश्वमणि पोखरेल, निर्मला आचार्य, भारती उपाध्याय, ओमप्रकाश शर्मा, चिरञ्जीवी अर्याल, खगेन्द्र खत्री, केदार कोइराला, केदार सुवेदी, शिवककुमार भट्टराई, केदार भट्टराई, प्रकाश रिमाल, सितल कोइराला, हेमन्त कर्माचार्य, डिआर पन्त, हिमांशु चौधरी, जगन्नाथ आचार्य, परशु घिमिरे, मुरलीप्रसाद यादव, मुकुन्द दाहाल, कृष्ण आचार्य, रिता गुरुङ, बालनरसिंह गुरुङ, कृष्णचन्द्र मिश्र, राकेश बस्याल, गोविन्द क्षेत्री, रामभरत शाह, राजन कुइँकेल रहेका छन् । 

    परामर्श समितिको आवश्यकता अनुसार बैठक राखेर युनियनको संस्थागत विकासका लागि आवश्यक परामर्श लिने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।


    images
    images

    Logo