images
images

२४ कम्पनीले बुझाएनन् वित्तीय विवरण, सवैभन्दा धेरै हाईड्रोपावर र लघुवित्तहरु 


  • 771
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    २४ कम्पनीले बुझाएनन् वित्तीय विवरण, सवैभन्दा धेरै हाईड्रोपावर र लघुवित्तहरु 

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक बर्ष २०७९/८० मा समयमै वित्तीय विवरण पेश गर्ने, ढिला गर्ने र नगर्ने लिष्ट सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार हालसम्म २४ वटा कम्पनीले अझै गत आर्थिक वर्षको वित्तिय विवरण पेश गर्न सकेको छैन । समयमै वित्तीय विवरण पेस गर्नेमा १३९ वटा कम्पनी छन् भने ढिलो गरी पेस गर्नेमा ६४ वटा छन्।

    तर १३९ कम्पनीले मात्र समय मै विवरण बुझाएका हुन् । समय मै विवरण बुझाउनेमा वाणिज्य बैंक मात्र रहेका छन् । १९ वटै वाणिज्य बैंकले समय मै विवरण बुझाएका हुन् । 

    समय मै विवरण बुझाउनेमा १९ वाणिज्य बैंक, १२ विकास बैंक, १३ फाइनान्स, ३ होटेल तथा टुरिजम समुहका कम्पनी, ४१ हाइड्रो कम्पनीले, ३ इन्भेष्टमेन्ट समुहका कम्पनी, ६ जीवन बीमा कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३१ लघुवित्त, ७ निर्जीवन बीमा कम्पनी,अन्य समुहका १ र ट्रेडिङ समुहका १ कम्पनी रहेका छन् । 

    ६४ कम्पनीले ढिलो विवरण बुझाएका छन् । ढिलो विवरण बुझाउनेमा १ विकास बैंक, ३ होटेल तथा टुरिजम समुहका कम्पनी, २८ हाइड्रो कम्पनीले, ३ इन्भेष्टमेन्ट समुहका कम्पनी, २ जीवन बीमा कम्पनी, ४ उत्पादन तथा प्रशोधन कम्पनी, १८ लघुवित्त, र ५ निर्जीवन बीमा कम्पनी रहेका छन् । 

    २४ कम्पनीले हालसम्म पनि विवरण बुझाएका छैनन् । अझै विवरण नबुझाउनेमा ३ विकास बैंक, २ फाइनान्स, ११  हाइड्रो कम्पनीले, ६ लघुवित्त,  अन्य समुहका १ र ट्रेडिङ समुहका १ कम्पनी रहेका छन् । 

    धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार सुचीकृत कम्पनीहरुले बोर्डलाई समयमै आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ।

    Capture.JPG

     

     

     


    images
    images

    Logo