images
images

आजदेखि रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने


  • 324
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    आजदेखि रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने

    काठमाडौं ।  आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ । संविधान दिवसको अवसर पारे बुधबार अथात् आजदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउन लागेको हो । 

    सुर्यविनायक–रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उदघाटन बिहान ९ बजे हुने छ । यात्रुहरुका लागि भने असोज ४ गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने भएको छ ।  द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा आउने भएका छन् । द्रुत बस सञ्चालनका लागि सडक विभागले रोडमा रातो रङ पोतेर छुट्टै लेन बनाएको छ ।

    अरु सार्वजनिक बसलाई रत्नपार्क(सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने छन् । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायतका स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ । अरु बसहरु जस्तो द्रुत सेवाका बसहरुले यात्रुहरु कुरेर बस्ने छैनन् ।

    द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

     


    images
    images

    Logo