images
images

धितोपत्र बोर्डद्वारा केयर रेटिङ्स कम्पनीलाई कारवाही  


  • 389
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    धितोपत्र बोर्डद्वारा केयर रेटिङ्स कम्पनीलाई कारवाही  

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले केयर रेटिङ कम्पनी केयर  रेटिङस् नेपाललाई कारवाही गरेको छ। मंगलबार बसेको बोर्डको संचालक समितिको बैठकले ५० हजार रूपैयाँ नगद जरिवाना गर्ने निर्णय गरेको हो।

    नियम विपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो । विशाल ग्रुपको मुख्य लगानी रहेको केयर रेटिङ्सले सोही समूहको मुख्य लगानी रहेको अन्य कम्पनीको रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डको २४ पुस २०७९ मा बसेको सञ्चालक समितिको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पस्टीकरण सोधेको ८ महिना नाघेपछि कारवाही गरेको हो ।

    क्रेडिट रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गरेको भन्दै बोर्डले २४ पुस २०७९ मा कारवाही गर्ने निर्णय गरेको थियो ।विशाल ग्रुपको लगानी रहेका यो रेटिङ कम्पनीले विशाल ग्रुपकै लगानी रहेका कम्पनीहरुको बैंकिङ ऋणका लागि रेटिङ गरेको पाइएपछि कारवाहीको निर्णय गर्दै बोर्डले स्पष्टीकरण सोधेको थियो । विशाल ग्रुपकै लगानी रहेको घोराही सिमेन्टको आईपीओको  रेटिङ पनि केयरले नै गरेको थियो । रेटिङ कै विषयलाई लिएर घोराही सिमेन्टको आईपीओ समेत केहि समय रोकिएको थियो ।  


    images
    images

    Logo