images
images

आजको मौसम : कुन प्रदेशमा कस्तो रहनेछ ?


  • 369
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    आजको मौसम : कुन प्रदेशमा कस्तो रहनेछ ?

    काठमाडौं । हाल मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा    चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। 

    आज राति भने  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेस,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा र  देशका  बाँकी  भूभागका   थोरै    स्थानहरूमा  चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । गण्डकी प्रदेशको    एक–दुई  स्थानमा  चट्याङ्ग सहित  भारी वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको  छ।

     


    images
    images

    Logo