images
images

खानेपानी मन्त्रालयका ७ जना सहसचिवको सरुवा 


  • 277
    SHARES
  • २०८० आश्विन २ गते मंगलबार

    खानेपानी मन्त्रालयका ७ जना सहसचिवको सरुवा 

    काठमाडौं । खानेपानी मन्त्रालयले ७ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले मेलम्ची विकास समितिका कार्यकारी निर्देशकलाई अन्यत्र खटाएको छ भने खानेपानी विभागका महानिर्देशक पनि फेरेको छ ।

    मेलम्ची विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई खानेपानी विभागको महानिर्देशकमा लगिएको छ ।  खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीलाई विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा गरिएको छ ।

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरका प्रमुख सुरत बमलाई मेलम्ची खानेपानी विकास समितिको उपकार्यकारी निर्देशक बनाइएको छ । 

    रामचन्द्र काफ्लेलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवलमा सरुवा गरिएको छ भने उज्वल प्रजापतिलाई हेटौंडामा सरुवा गरिएको छ । त्यस्तै,  जक्की अहमदलाई जनकपुर र बालमुकुन्द श्रेष्ठलाई खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतमा खटाइएको छ ।


    images
    images

    Logo