images
images

असोजका लागि वाणिज्य बैंकहरुले गरे ब्याजदर सार्वजनिक, क–कस्ले घटाए, कसले बढाए ?


  • 929
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    असोजका लागि वाणिज्य बैंकहरुले गरे ब्याजदर सार्वजनिक, क–कस्ले घटाए, कसले बढाए ?

    काठमाडौं । असोज १ गतेदेखि लागू हुनेगरी बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमध्ये कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनैले बढाएका छन् र कतिपय बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।

    हालसम्म प्रकाशित १७ वाणिज्य बैंकहरुको ब्याजदर अनुसार ७ बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने ६ बैंकहरुले घटाएका छन्। बाँकी ४ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    असोज महिनाका लागि हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन्। सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक रहेको छ। यी दुबै बैंकहरुको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत रहेको छ।

    प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् अर्थात यी ४ बैंकहरुले ब्याजदरमा कुनै परिर्वतन गरेका छैनन्। यता ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन्।

      Bhadra Ashoj different
    Bank Name Individual Institutionl Individual Institutionl Individual Institutionl
    Himalayan Bank 9.99 7.99 11.054 9.054 1.064 1.064
    Everest Bank 10 8 11.054 9.054 1.054 1.054
    Bnepal Investment Mega Bank 9.99 7.99 11.03 9.03 1.04 1.04
    Prime commerical Bank 10.05 8.5 11.358 9.358 1.308 0.858
    Nabil Bank 10.49 8.49 11.054 9.054 0.564 0.564
    Standara Chatered Bank 8.92 6.92 9.29 6.29 0.37 -0.63
    Nepal SBI Bank 9.99 7.99 10 8 0.01 0.01
    Prabhu Bank 10 8 10 8 0 0
    NMB Bank 9.99 7.99 7.99 7.99 -2 0
    Machnapuchhra Bank 9.99 7.49 9.99 7.94 0 0.45
     Siddhartha Bank 9.99 7.99 9.99 9.99 0 2
    Giobal IME Bank 10.896 8.896 10.5 8.5 -0.396 -0.396
    Laxmi sunrise Bank 10.4 7.99 10 8 -0.4 0.01
    Rastrya Banijya Bank 9.99 7.99 9.5 7.5 -0.49 -0.49
    Kumari Bank 10.896 8.896 10.11 8.11 -0.786 -0.786
    Citizens Bank 10.896 8.896 10.05 8.05 -0.846 -0.846
    Nepal Bank 10.896 8.896 9.293 7.293 -1.603 -1.603


    images
    images

    Logo