काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत १५ अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । ‘विकास ऋणपत्र २०८६ ’‘ञ’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ६ वर्षको हुनेछ ।
सो ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले भदौ ३१ गते ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गनुपर्ने छ । उक्त ऋणपत्रको निष्काशन असोज १ गते हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।
राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।



