images
images

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा


  • 843
    SHARES
  • २०८० भाद्र २९ गते शुक्रबार

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नजिकिँदै गरेको चाड दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीका लागि सजिलो हुोगरि उक्त सेवा सञ्चालनमा ल्याइएको हो । 

    शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर उक्त सेवाको सुरुवात गरेका हुन् । 

    उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरुले क्युआर मार्फत् भुक्तानी गरी सटही सुविधा लिन सक्नेछन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको विश्वास छ ।   

    यसबाहेक फरकफरक माध्यमबाट डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन एवं आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन सधैं तत्पर रहेको बैंकले जनाएको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’ को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढिरहेको समेत जनाएको छ ।


    images
    images

    Logo