images
images

प्रधानमन्त्रीको निर्देशनमा कुलमानको चलाखी


  • 874
    SHARES
  • २०८० भाद्र २९ गते शुक्रबार

    प्रधानमन्त्रीको निर्देशनमा कुलमानको चलाखी

    काठमाडौं । विवादित ट्रंक लाइन तथा डेडिकेटेड फिडरको विद्युत् महशुल नतिर्ने उद्योगीको लाइन नकाट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चलाखी गरेका छन् । प्रधानमन्त्रीले उद्योगीको लाइन तत्काल नकाट्न निर्देशन दिएपनि घिसिङले एक महिना समय थपेर नयाँ समयावधि तोकिदिएका हुन् । 

    नेपाल विद्युत् प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विद्युत् महशुल तिर्न असोज ३० गतेसम्मको समय थप गरेको छ । यसअघि बाँकी रहेको महशुल तिर्न भनी प्राधिकरणले १५ दिनको अल्टिमेटम दिएको थियो । सो अवधि सकिँदा सम्म बाँकी रकम नतिरेका उद्योगीहरुले प्रधानमन्त्रीलाई भेटी निर्देशक घिसिङलाई समय थप्न निर्देशन दिन अनुरोध गरेका थिए । 

    प्रधानमन्त्रीले ‘तत्काल लाइन नकाट्नु’ भनी प्राधिकरणलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दिएको निर्देशनमा बाँकी रहेको विद्युत् महशुल तिर्न कुनै समयावधि नभएको र त्यसो हुँदा उद्योगीहरुलाई महशुल तिर्न कुनै पनि किसिमको दबाब नपर्ने हुँदा घिसिङले असोज ३० सम्मको समयावधि तोकी चलाखी गरेका हुन् । 

    pradhikaran ko suchana.jpg


    images
    images

    Logo