images
images

सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन


  • 450
    SHARES
  • २०८० भाद्र २९ गते शुक्रबार

    सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैंठकले न्यायाधीश शर्माको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । 

    शर्माको नियुक्तिविरूद्ध सुनुवाइ समितिले उजुरी आह्वान गरे पनि कुनै पनि उजुरी परेको थिए। शर्मालाई न्याय परिषद्ले भदौ १० गते न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

    संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

     


     


    images
    images

    Logo