काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।