काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत बीचको खुला सीमानामा सीसीटीभी जडान गर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली समेतले दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधिश प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उक्त आदेश दिएका हुन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, नेपालीहरुको हकहित, सिमानाको सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि संयुक्त इजलासले सरकारको नाममा आदेश जारी गरेको हो ।