images
images

९ अर्ब ४ करोडको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक 


  • 474
    SHARES
  • २०८० भाद्र २८ गते बिहीबार

    ९ अर्ब ४ करोडको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड रुपैयाँ संकलन गर्न लागेको हो । ‘विकास ऋणपत्र २०८६ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ६ वर्षको हुनेछ ।

    सो ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले भदौ २९ गते ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गनुपर्ने छ । उक्त ऋणपत्रको निष्काशन भदौ ३१ गते हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।

    राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

     

     

     


    images
    images

    Logo