images
images

पर्यटन प्रवर्द्धनका लागि मनाङको हाइ अल्टिच्युडमा मैत्रीपूर्ण फुटबल सम्पन्न


  • 460
    SHARES
  • २०८० भाद्र २८ गते बिहीबार

    पर्यटन प्रवर्द्धनका लागि मनाङको हाइ अल्टिच्युडमा मैत्रीपूर्ण फुटबल सम्पन्न

    मनाङ । पर्यटन प्रवद्र्धनको लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक भएको तथा यसको लाागि एकीकृत प्रयास आवश्यक भएको विज्ञ तथा खेलाडीहरुले जोड दिएका छन् । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन तथा जनचेतना गर्ने उद्देश्यले हिमाली जिल्ला मनाङको उच्च स्थान (हाइअल्टिच्युड)मा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अवसरमा यस क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलाडीहले सो कुरामा जोड दिएका हुन् । 

    जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल, आन्ट फाउण्डेशन र वाइल्ड एण्ड फ्री फाउण्डेशनको संयूक्त आयोजना, मनाङ जिल्लाका विभिन्न स्थानीय तहहरुको समन्वय तथा नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा आयोजना गरिएको खेलमा नेपालका ख्याति प्राप्त कलाकारहरु, खेलाडीहरु, मिस नेपाल वल्र्ड २०२३, मिस्टर नेपाल २०२३ लगायतका सेलिब्रेटीहरु सहभागी हिमालयन स्नोलेपर्ड टीम तथा मनाङका तीन वटा स्थानीय टीम कजिनसरा याक, पिसाङ याक र मनाङ याक बीच भाद्र २५ देखि २७ गतेसम्म मनाङका तिमाङ्ग, पिसाङ्ग र मनाङ्ग मुङ्गजीमा मैत्रीपूर्ण फुटबल खेल÷मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो ।

    खेलहरु समुद्री सतहबाट २८ सय  देखि ३६ सय मिटरसम्मको उचाईमा खेलाइएको थियो ।  तिमाङ्गमा आयोजित खेलमा हिमालयन स्नो लेपर्डले टिम कजिनसरा याकलाई तीन गोलका विरुद्ध चार गोल गरि विजय हासिल गरेको थियो । यस्तै दोस्रो दिन पिसाङमा आयोजित खेलमा पिसाङ्ग याक टीमलाई एकका विरुद्ध तीन र तेस्रो दिन मनाङ्ग मुङ्जी भ्राकामा आयोजित खेलमा मनाङ्ग याकमाथि एकका विरुद्ध दुई गोल गर्दै तीनवटै म्याचमा हिमालयन स्नो लेपर्डले विजय हासिल गरेको थियो । 

    स्नो लेपर्ड टीममा नेपाली फुटबल टीमका पूर्व नेपाली कप्तान हरि खड्का, उपेन्द्रमान सिंह, र अनिल गरुङ, नविन न्यौपाने, राष्ट्रिय महिला फुटबल टीमका पूर्व कप्तान निरु थापा, अस्मिता रणपाल, तेक्याण्दो खेलाडी सिता तामाङ, मिस नेपाल वल्र्ड सृच्छा प्रधान, कलाकार तथा आन्ट फाउण्डेशनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकार, अमेरिकाको वाइल्ड एण्ड फ्रि फाण्डेशसनका संस्थापक म्याट ब्राकेन, नामिवियाको फुल सर्कल स्डडीज एण्ड सफारीका संस्थापक डा.जेफ मोन्टिप्रिङ्ग, कलाकारहरु, त्रिचु राई , नरेन खड्का, गायक तथा संगीतकार जेम्स प्रधान, मिस्टर नेपाल समर्पण कार्की, मिस्टर नेपाल रनरअप निमेश कपाली तथा प्रिस्का उदास रहेका थिए । 

    स्थानीय टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक टीममा स्थानीय खेलाडी सहभागि थिए । 

    कार्यक्रममा मनाङ्गमा प्रमुख जिल्ला अधिकारी शुप्रभा खनाल ढुङ्गेलले मनाङ्ग पर्यटनको लागि अथाह सम्भावना भएको जिल्ला भएको बताउँदै यस प्रकारका खेलले मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण र जलवायु परितर्वनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दैै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । 

    हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षण, पर्यापर्यटनको प्रचार तथा प्रर्वद्धन, जलवायु परिवर्तन सम्बन्धित जनचेतना अभिवृद्धि लगायतका उद्वेश्य सहित मैत्रीपूर्ण खेल आयोजना गरिएकोमा कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको आयोजक  बायोकोस नेपालका निर्देशक पारसविक्रम सिंहले बताए । 

    यस्तै आयोजक आन्ट फाउण्डेशनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले लोपोन्मुख हिउँ चितुवालगायतका वन्यजन्तुको संरक्षणका लाागि जनचेतना अभिवृद्धि एवं खेल पर्यटन÷पर्या पर्यटनको प्रवद्र्धनको लागि कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको प्रतिक्रिया दिए ।

    अमेरिकाको वाइल्ड एण्ड फ्रि फाण्डेशसनका संस्पाक म्याटले जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि तथा पर्यापर्यटनको लागि नेपालमा आएर खेलमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै नेपालमा खेल तथा पर्या पर्यटनको अथाह सम्भावना भएको बताए ।  
      
    मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता पर्यटन व्यवसायी सङ्घ मनाङका पर्यटन अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।


    यस्तै मनाङ्ग चिस्याङ्ग गाउँ पालिकाका अध्यक्ष कान्छा घलेले मनाङ्गमा आयोजित यस कार्यक्रमले नेपालकै पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताए । 

    मनाङ्गको यस क्षेत्रमा लोपोन्मुख प्रजातीका करिब १२ देखि १५ वटासम्म हिम चितुवा रहेको बताइन्छ । हिमचितुवाको मुख्य आहारका रुपमा रहेको नाउरहरु पनि लोप हुँदै जानेक्रम बढेकोले पनि हिमचितुवा संरक्षण र याक संरक्षणका लागि नाउरहरुको संरक्षण समेत आवश्यक रहेको यस क्षेत्रमा अध्ययन गरिरहेका विज्ञहरुको जोड छ ।


    images
    images

    Logo