images
images

बैंकहरुमध्येकै पहिलो बन्दै माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा


  • 667
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    बैंकहरुमध्येकै पहिलो बन्दै माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

    काठमाडौं । माछापुच्छ्रे बैंकले साधारणसभा बोलाएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले असोज १८ गते बिहान ११ बजे पोखरामा बस्नेगरी बैंकको साधारणसभा बोलाएको हो । योसँगै बैंक चालु आर्थिक वर्षमा साधारणसभा बोलाउने पहिलो बैंक बनेको छ । 

    बैंकले यसअघि नै १४ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । त्यसमध्ये १३.३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांशका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने भएको छ । 

    यस वर्ष लाभांश घोषणामा पनि पहिलो बनेको छ । सभाले सञ्चालक समितिका अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने तथा चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्नेसम्बन्धी प्रस्तावहरु समेत पारित गर्नेछ । 


    images
    images

    Logo