images
images

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त निर्वाचित 


  • 563
    SHARES
  • २०८० भाद्र २५ गते सोमबार

    नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त निर्वाचित 

    काठमाडौं । फाइनान्स कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न २७ र २८ औं वार्षिक साधारण सभाले आईसीएफसी फाइनान्सका सीईओ समेत रहेका पन्तलाई अध्यक्षमा निर्वाचित गरेको हो । 

    संघको प्रथम उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ र द्वित्तीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्सका सीईओ राजोजमान श्रेष्ठ चयन भएका छन् । त्यस्तै, महासचिवमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका सीईओ नारायण सुवेदी चयन भएका छन् ।

    संघको सदस्यमा प्रोग्रेशिभ  फाइनान्सका सीईओ अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सीईओ सन्तोष कुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका सीईओ राजेश कुमार श्रेष्ठ, मल्टीपर्पस फाइनान्सका सीईओ रजनीश कुमार सिंह र जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा चयन भएका छन् ।


    images
    images

    Logo