images
images

शनिबार एकैदिन ४२ पैसा घटेको डलर आज स्थिर, हेर्नुहोस् आइतबारको विनिमयदर


  • 591
    SHARES
  • २०८० भाद्र २४ गते आइतबार

    शनिबार एकैदिन ४२ पैसा घटेको डलर आज स्थिर, हेर्नुहोस् आइतबारको विनिमयदर

    काठमाडौं । शनिबार एकैदिन ४२ पैसाले घटेको डलरको भाउ आज स्थिर छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि तोकेको विनिमय दर अनुसार नेपाली रुपैयाँसँग डलरको भाउ १३२.४२ रुपैयाँ कायम भएको हो ।

    डलरसँगै अन्य मुद्राको मूल्य पनि स्थिर छ । आज युरो १४१.७२ रुपैयाँ, पाउण्ड स्र्टर्लिङ १६५.२३ रुपैयाँ,  स्वीस फ्रेङ्क १४८.४५ रुपैयाँ, क्यानेडियन डलर ९६.९० रुपैयाँ रहेको छ । 

    सार्वधिक नेपालीहरुको श्रम गन्तव्य मुलुक रहेको साउदीको रियाल ३५.३० रुपैयाँ, कतारी रियाल ३६.३२ रुपैयाँ, मलेसियन रिङ्गिट २८.३२ रुपैयाँ छ । जापानी येन १० रुपैयाँ बराबर ८.९९ रुपैयाँ विनिमयदर तोकिएको छ । 

    यो राष्ट्र बैंकले तोकेको खरिद दर हो । खरिद दरको तुलनामा केही बढीमा बिक्रीदर निर्धारण गरिएको छ । 

    exchange 20800524.JPG


    images
    images

    Logo