images
images

लामिछानेको मुद्दामा अभिलेख झिकाउने अदालतको आदेश


  • 442
    SHARES
  • २०८० भाद्र २१ गते बिहीबार

    लामिछानेको मुद्दामा अभिलेख झिकाउने अदालतको आदेश

    काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ ।

    न्यायाधीश सकुन्तला कार्कीको इजसालमा आज भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवालीले जानकारी दिए ।

    यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

    सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।


    images
    images

    Logo