काठमाडौं । चौधरी ग्रुप र भारतको अदानी ग्रुपवीच दुई देशवीच सिमेन्ट व्यवसायको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ । नेपाल र भारतवीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् ।
उक्त अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै उक्त सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘यस रणनीतिक सहकार्यमार्फत् हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’ उनले भने ।
नेपालमा भएके उक्त सहमतिले चौधरी ग्रुप र अदानी गु्रपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउँदै दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझा मुल्यमान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यकालागि प्रतिबद्ध रहदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समुहले लिएका छन् ।



