images
images

वडाध्यक्ष रिजालको निधनमा महानगरले दियो शोक विदा 


  • 742
    SHARES
  • २०८० भाद्र २१ गते बिहीबार

    वडाध्यक्ष रिजालको निधनमा महानगरले दियो शोक विदा 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भोली शुक्रबार शोक विदा दिएको छ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा  महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको हो । 

    काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो । १७ भदौमा दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो ।

    वडाध्यक्ष रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिँदैछ । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । रिजालको जन्म १७ कात्तिक २०२७ सालमा भएको थियो ।


     

     


    images
    images

    Logo