काठमाडौं । काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ११ नयाँ ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । मंगलबार बसेको नेप्सेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
नेप्सेले सानिमा सेक्युरिटिज् लिमिटेड, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, स्टकस्कार्टट सेक्युरिटिज् लिमिटेड, एस. पी. एस. .। सेक्युरिटिज् लिमिटेड, गरिमा सेक्युरिटिज् लिमिटेडलाई लाइसेन्स दिएको छ ।
त्यस्तै, पाही इन्भेष्टमेन्ट प्रा. लि, इन्दिरा सेक्युरिटिज् प्रा.लि, एनएमबि सेक्युरिटिज् लिमिटेड, आकाशभैरव सेक्युरिटिज्लिमिटेड, र ब्लु चिप सेक्युरिटिज् लिमिटेडले पनि मंगलबार ब्रोकर लाइसेन्स पाएको नेप्सेले जनाएको छ ।
यो सँगै नयाँ ब्रोकरहरुको संख्या २८ पुगेको छ । यी कम्पनीले अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि कारोबार सुरु गर्न सक्ने छन्।




