images
images

महाप्रसाद अधिकारी सी ग्रेडको गभर्नर, आरबीआईका गभर्नर सर्वोत्कृष्ट, यस्तो छ जीएफसीबीको रिपोर्ट


  • 3.3K
    SHARES
  • २०८० भाद्र १८ गते सोमबार

    महाप्रसाद अधिकारी सी ग्रेडको गभर्नर, आरबीआईका गभर्नर सर्वोत्कृष्ट, यस्तो छ जीएफसीबीको रिपोर्ट

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘सी’ ग्रेड पाएका छन् । ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३ मा अधिकारीले सी ग्रेड पाएका हुन् । 

    सन् २०२१ मा उनले बी माइनस ग्रेड पाएका थिए । जुन यसपटक झनै खस्केको हो । 

    भारतको केन्द्रीय बैंक (आरबीआई) का गभर्नरलाई सर्वोत्कृष्ट सूचीको पहिलो नम्बरमा राखिएको छ । आरबीआईका शक्तिकान्त दास सहित स्वीजरल्याण्डका थोमस जे. जोर्डन र भिएतनामका गुएन थी हंगले ‘ए प्लस’ ग्रेड पाएका हुन् । 

    ८ वटा देशका केन्द्रीय बैंकका गभर्नरले ए ग्रेड पाएका छन् । ब्राजिल, इजरायल, मोरिसस, न्यू जिल्याण्ड, पाराग्वे, पेरु, ताइवान र उरुग्वेका केन्द्रीय बैंकका गभर्नरले ए ग्रेड पाएका हुन् । 

    त्यस्तै, १० देशका केन्द्रीय बैंकका गभर्नरले ए माइनस (ए–) रेटिङ पाएको छ । कोलम्बिया, डोमिनिकन गणतन्त्र, आइसल्याण्ड, इन्डोनेसिया, मेक्सिको, मोरक्को, नरवे, दक्षिण अफ्रिका, दक्षिण कोरिया र श्रीलङ्काका गभर्नरले ए– पाएका हुन् । 

    ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ । जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ ।

     

    Governor.jpg


    images
    images

    Logo