images
images

२० अर्ब ४ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 561
    SHARES
  • २०८० भाद्र १७ गते आइतबार

    २० अर्ब ४ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड ५० लाखको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।

    त्यस्तै, १८२ दिनको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    उक्त ट्रेजरी विल २८ दिनको असोज १६ गते परिपक्क हुनेछ भने ९१ दिनको मंसिर १९ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको फागुन २२ गते परिपक्क हुनेछ भने ३६४ दिनको लागि आगामी भदौ १८ गते परिपक्क हुनेछ । 

     यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।  

     

     


    images
    images

    Logo