काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज हुने भएका छन् । दुई कम्पनीबीच मर्जरका लागि शुक्रबार (भदौ १५ गते)प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहु जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।
हाल साधनाको चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ रहेको छ । यस्तै, सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरका लागि दुई कम्पनीको सेयर स्वाप रेसियो सम्पति तथा तथा दायित्व मूल्यांकनपछि तय हुनेछ ।
साधना लघुवित्त वित्तीय संस्थाको आधारभुत शेयरधनीमा ७ जना रहेका छन् भने सबैको लघुवित्तको आधारभुत शेयरधनीमा २० जना रहेका छन्।
मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने भएको छ। यी आधारभुत शेयरधनीहरुको शेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का रहनेछ।





