images
images

राष्ट्र बैंकले बाध्य पार्नुअघि नै बैंकहरुले ईसीएल लागु गरुन् : डेपुटी गभर्नर मिश्र


  • 736
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    राष्ट्र बैंकले बाध्य पार्नुअघि नै बैंकहरुले ईसीएल लागु गरुन्  : डेपुटी गभर्नर मिश्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले बैंकहरुलाई अपेक्षित कर्जा नोक्सानी (ईसीएल) अनुरुप कर्जा नोक्सानी व्यवस्था गर्न निर्देशन दिएका छन् । वित्तीय संस्था संघले आयोजना गरेको एक कार्यक्रममा भट्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि नै वित्तीय प्रतिवेदन नै उक्त व्यवस्था लागु गर्न निर्देशन दिएका हुन् । 

    ईसीएल कर्जा नोक्सानी निर्धारणको नयाँ प्रणाली हो । जसमा बैंकहरुले प्रवाह गरेको कर्जाको अपेक्षित जोखिम निर्धारण गरिन्छ र त्यसैको आधारमा नोक्सानी व्यवस्था गरिन्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त व्यवस्था लागु गर्न २ वर्षको समय दिएको छ । तर सो भन्दा अघि नै यस्तो प्रणालीमा अभ्यस्त हुनुपर्ने डेपुटी गभर्नर मिश्रको भनाइ छ । 

    उक्त प्रणाली लागू गर्नका लागि ठूलो धनराशी खर्चेर सफ्टवेयर किन्नतर्फ लाग्ने नभइ एक्सेल लगायत साधारण सफ्टवेयरबाटै काम चलाउनसमेत उनले सुझाव दिए । 

    ‘नेपाल वित्तीय प्रतिवेदन मान ९’ विषयक दुई दिने कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ४५ भन्दा बढी विभागीय प्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रम डेपुटी गर्भनर मिश्रका साथै राष्ट्र  बैंक सुपरीवेक्षण विभाग प्रमुख देव कुमार ढकाल, नियमन विभाग प्रमुख डा. गुणाकर भट्ट, वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख विश्रुत थापा तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशक राजन विक्रम थापा लगायत समेत उपस्थित थिए । 


    images
    images

    Logo