images
images

निर्जीवन बीमा कम्पनीहरुले लघु बीमा मार्फत आर्जन गरे २९ लाख बीमा शुल्क, कुनको कति ?


  • 528
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    निर्जीवन बीमा कम्पनीहरुले लघु बीमा मार्फत आर्जन गरे २९ लाख बीमा शुल्क, कुनको कति ?

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले लघु बीमालेख विक्री वापत २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार ११ कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् । जसमा ९ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् भने २ वटा हालै संचालनमा आएका २ माइक्रो इन्स्योरेन्स कम्पनी हुन् ।

    यी कम्पनीहरुले कुल् २ हजार १५ वटा बीमालेख विक्री गरी २९ लाख २४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । समिक्षा अवधिमा ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १० वटा लघु बीमा पोलिसी विक्री गरी २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले ४ वटा बीमा पोलिसी विक्री गरी १ हजार बीमा शुल्क आर्जन गरेको छ ।

    त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले ६ सय ४० वटा लघुबीमालेख विक्री गरी १३ लाख १९ हजार बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले १ सय ३२ वटा बीमा पोलिसी विक्री गरी २ लाख ७७ हजार बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले ७ सय ४० वटा लघुबीमालेख विक्री गरी १ लाख ७२ हजार बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ३० वटा लघुबीमालेख विक्री गरी ६४ हजार बीमा शुल्क आर्जन गरेको छ ।

    त्यसैगरी सानिमा जिआइसीले १ सय ४४ वटा बीमालेख विक्री गरी ३ लाख ३८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ सय १७ वटा लघुबीमालेख विक्री गरी ४ लाख ९१ हजार बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ७३ वटा लघुबीमालेख विक्री गरी १ लाख ४२ हजार बीमा शुल्क आर्जन गरेको छ ।

    साथै, आलै संचालनमा आएको नेपाल माइक्रो इन्स्योरेन्सले साउन महिनामा १७ वटा बीमा पोलिसी विक्री गरी ६३ हजार बीमा शुल्क आर्जन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इनस्योरेन्सले ८ वटा लघुबीमालेख विक्री गरी ३२ हजार बीमा शुल्क आर्जन गरेको छ ।

     


    images
    images

    Logo